धनगढीमा ड्युटीमा रहेका प्रहरीमाथि लखेट्दै चक्कु प्रहारको प्रयास – Nepal Press

धनगढीमा ड्युटीमा रहेका प्रहरीमाथि लखेट्दै चक्कु प्रहारको प्रयास

कैलाली । कैलालीमा एक युवकले सार्वजनिक स्थलमै प्रहरीमाथि चक्कु प्रहारको प्रयास गरेका छन् । मङ्गलवार राति करिब सवा ८ बजे हातमा चक्कु लिएर धनगढी ट्राफिक चौराहामा ड्युटीमा रहेका प्रहरीमाथि धनगढी–१४ का टेकबहादुर टमाटा चक्कु प्रहारको प्रयास गरेका हुन् ।

’हरहर महादेव’ भन्दै सडकमा होहल्ला गर्दै हिँडिरहेका युवकले प्रहरीमाथि लखेट्दै चक्कु प्रहार गर्न लागेको भिडियो पनि सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका छन् ।

टमटाले चक्कु नचाउँदै होहल्ला गर्दै हिँडेपछि नियन्त्रणको प्रयास गरिएको थियो । हातमा धारिलो हतियार भएको हुँदा उनलाई नियन्त्रण नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

स्थानीय र प्रहरीको सक्रियतामा उनलाई केही बेरपछि नियन्त्रणमा लिइएको थियो ।

‘उनलाई मङ्गलवार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले भने ‘युवकले मापसे पनि गरेका थिए । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *