ब्राउन सुगर र अफिम सहित मकवानपुरबाट पाँच पक्राउ – Nepal Press

ब्राउन सुगर र अफिम सहित मकवानपुरबाट पाँच पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुरबाट लागू औषध ब्राउन सुगर र अफिम सहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडा-१ झोलुङ्गे पुल नजिकबाट स-साना पुरिया बनाएर बिक्री वितरण गर्ने अवस्थामा रहेको ४ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले खैरो हिरोइन सहित मकवानपुरगढी गाउँपालिका-४ सामरीका सवि गुरुङ, सुनवल घर भएर मकवानपुरगढी-५ बस्ने सुरजकुमार पाण्डे र हेटौँडा-१ का नवराज भट्टराईलाई पक्राउ गरेको हो ।

यसै गरी प्रहरीले २ किलो अफिम सहित दुई जनालाई हेटौँडाबाट पक्राउ गरेको छ । प्रहरीले अफिम सहित बारा कलैयाका १८ वर्षका दीपक शाह र शशी मुखियालाई प्रहरीले पक्राउ गरेको छ  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर