बाल्टीमा डुबेर एक वर्षीय बालकको मृत्यु

२०८१ माघ ३० गते ८:४९

रुपन्देही । कपिलवस्तुमा बाल्टीमा राखिएको पानीमा डुबेर एक वर्षीय बालकको मृत्युु भएको छ ।
विजयनगर गाउँपालिका वडा नम्बर-३, जगदिशपुरको हिमान्सु गुप्ताको खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए ।
निरीक्षक चन्दका अनुसार सुवासचन्द्र गुप्ताको छोरा कौसीमा राखिएको बाल्टीको पानीमा डुबेर मृत्युु भएको हो ।
उनको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर