मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा पेश

२०८१ माघ २९ गते १९:३१

काठमाडौं । मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा पेश भएको छ । राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त विधेयकलाई प्रतिनिधि सभाका सचिव हर्कराज राईले सभामुख देबराज घिमिरेको आदेश अनुसार प्रतिनिधि सभामा पेश गरेका हुन् ।
‘मिडिया काउन्सिल विधेयक, २०८०’ सोमबार राष्ट्रियसभाबाट पारित भएको थियो । मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने हेतुले तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले २०८१ वैशाख १२ मा मिडिया काउन्सिल विधेयक दर्ता गराएकी थिइन् । उक्त विधेयक गत जेठ १३ मा राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर