फागुन ४ गते संसदमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर


काठमाडौं । आगामी फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले आगामी माघ ४ गते दिउसो बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि निर्धारण गरिएको जानकारी गराएका हुन् ।
सभामुख घिमिरेका अनुसार प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रमका लागि यस अघि नै समूह बिभाजन भइसकेको र समूह ८ का रहेका सदस्यले फागुन महिनामा प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम बुधबार दिनको ४ बजेभित्र प्रतिनिधि सभाका सचिव हर्कराज राई समक्ष लिखित रुपमा बुझाउन सक्नेछन् ।