१७ सहसचिवको सरुवा, आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशक फेरिए (सूचीसहित)


काठमाडौं । सरकारले १७ सहसचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत १७ सहसचिवको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार अर्थ मन्त्रालयसहित विभिन्न मन्त्रालयका सहसचिवको सरुवा गरिएको छ । प्राविधिक मन्त्रालय तथा सेवाका सहसचिवको पनि सरुवा भएको छ ।
सहसचिवको सरुवा गर्दा सरकारले अर्थ मन्त्रालयअन्तर्गतका दुई ठूला विभागका महानिर्देशक पनि हेरफेर गरेको छ । जसमा आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । रिक्त दुई वटै विभागमा अब अर्थ मन्त्रालयले अरु कुनै सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिनेछ ।