माओवादीको आरोप- सरकारले संसदलाई अपहेलना गर्‍यो, जनताको आवाज सुन्न चाहेन (भिडिओ) – Nepal Press

माओवादीको आरोप- सरकारले संसदलाई अपहेलना गर्‍यो, जनताको आवाज सुन्न चाहेन (भिडिओ)

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक कार्यसूचीबाट हटाइएकोप्रति आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले संसदलाई अपहेलना गरेको आरोप लगाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले सरकारले जनताको आवाजलाई ठिक ढंगले सुन्न नचाहेको बताए।

उनले भने, ‘हामीले छलफल गरेरै आज भ्रष्टाचार विधेयक पारित गर्ने कार्यसूची थियो। तर, आज सरकारले समय छैन भनेर अन्तिम समयमा कार्यसूची हटाइयो। संसदले सरकारले जहिले जेजे भन्यो त्यही अनुसार चल्ने हो कि ? जनताका प्रतिनिधि भएको संस्थाले बनाएको कार्यसूची सरकारले पनि पालना गर्नुपर्ने होइन ? बारम्बार यस्तै कुरा उठेको छ।’

उनले समितिबाट पारित भएर आएको भ्रष्टाचार विधेयक सदनमा नल्याएर कसरी अघि बढ्न खोजेको छ ? भन्दै प्रश्न गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर