‘लाज शरणम’ मा समावेश बालेनको र्‍याप २० घण्टाभित्रै १ नम्बर ट्रेन्डिङमा – Nepal Press

‘लाज शरणम’ मा समावेश बालेनको र्‍याप २० घण्टाभित्रै १ नम्बर ट्रेन्डिङमा

बालेनको युट्युब च्यानलमा ३ लाख सब्सक्राइबर्स थपिए

काठमाडौं । प्रदर्शोन्मुख चलचित्र ‘लाज शरणम’ मा समावेश गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको र्‍यापले युट्युब ट्रेन्डिङको शीर्ष स्थान कब्जा गरेको छ ।

रिलिज भएको २० घण्टाभित्रै सो र्‍याप संगीत विधाको ट्रेन्डिङमा नेपालमा पहिलो नम्बरमा उक्लिएको हो ।

‘नेपाल हाँसेको’ बोलको र्‍याप बालेनकै युट्युब च्यानलबाट हिजो अपलोड गरिएको थियो । यो समाचार लेख्दासम्म यसलाई ८ लाख ५६ हजार पटक हेरिएको छ भने ११ हजार ५ सय प्रतिक्रिया आएका छन् । धेरैले लामो समयपछि बालेनको र्‍याप सुन्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

नयाँ र्‍याप अपलोडसँगै बालेनको युट्युब च्यानलमा सब्सक्राइबर्स ह्वात्तै बढेका छन् । गीत अपलोड हुनु अगाडि साढे पाँच लाख जति सब्सक्राइबर्स थिए । यो संख्या अहिले साढे ८ लाख कटिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर