वाग्लेको अध्यक्षतामा २५ सदस्यीय प्रेस सेन्टर लुम्बिनी प्रदेशको कार्यसमिति निर्विरोध चयन – Nepal Press

वाग्लेको अध्यक्षतामा २५ सदस्यीय प्रेस सेन्टर लुम्बिनी प्रदेशको कार्यसमिति निर्विरोध चयन

काठमाडौं । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा सम्पन्न तेस्रो अधिवेशनले प्रदीप वाग्लेको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष खुलामा भूपेन्द्रप्रकाश वली, उपाध्यक्ष समावेशीमा चिन्ता परियार, उपाध्यक्ष महिलामा देवी गुरुङ, महासचिवमा कमल रायमाझी, सचिव खुलामा तिलाचन पाण्डे चयन भएका छन् ।

यस्तै सचिव महिलामा अनिता पोख्रेल, सचिव जनजातिमा जितेन्द्र बुढा, सचिव दलितमा भरत नेपाली, सचिव जीवलाल सुवेदी, कार्यालय सचिवमा टेकम वली र कोषाध्यक्षमा प्रकाश वैद्य र लेखा समिति संयोजकमा मीन अधिकारी निर्विरोध चयन भएका छन् ।

यस्तै सदस्यमा चिरञ्जीवी न्यौपाने, शिवु खनाल, रमेश गैरे, सञ्जय सौगात, डिबी खड्का, राजेश आचार्य, उर्मिला गौतम, प्रदीप गुप्ता, राजु तंगाल, बालाराम शेर्पाइली, वीरेन्द्र गिरी र राजु रिजाल निर्विरोध चयन भएका छन् ।

नवनिर्वाचित सबै पदाधिकारी तथा सिंगो कार्यसमितिलाई संगठनका उपाध्यक्ष एवम लुम्बिनी प्रदेश इञ्चार्ज अजयदिप शर्माले बधाई तथा सफलताको शुभकामना दिएका छन् ।

उनले अधिवेशन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने पाटी नेतृत्व, निर्वाचन समिति, सेन्टरकाका केन्द्रदेखि प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई धन्यवाद पनि ज्ञापन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर