विपद् प्राधिकरणको कार्यकारी प्रमुखका लागि ५ जना सर्ट लिष्टमा छानिए – Nepal Press

विपद् प्राधिकरणको कार्यकारी प्रमुखका लागि ५ जना सर्ट लिष्टमा छानिए

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि ५ जनाको नाम छोटो सूची (सर्ट लिष्ट)मा छनौट भएको छ ।

प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ति सिफारिसका गर्न गठित सिफारिस समितिले कार्यकारी प्रमुखका लागि १६ जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिष्टमा छानेको हो ।

सर्ट लिष्टमा नाम छनौट हुनेमा दशरथचन्द नगरपालिका ४ बैतडी घर भएका दिनेशप्रसाद भट्ट, नवदुर्गा ३ डडेल्धुराका धर्मराज उप्रेती, पोखरा १० कास्कीका वसन्तराज अधिकारी, सुनिल स्वमृती २ रोल्पाका मन्दिप सुवेदी र विराटनगर १० मोरङका सुमनकुमार कर्ण रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि २०८१ को दफा १२ को खण्ड ‘च’ को ३ अनुसार प्राधिकरणको कार्यकारी प्रमुखका छनौटका लागि बुधवार बिहान ८ गृह मन्त्रालयमा अन्तरवार्ता तोकिएको छ ।

अन्तरवार्तामा सहभागी हुँदा उम्मेदवारले दरखास्तका साथ पेश गरेका सबै सक्कल कागजात र प्रमाण सहित तोकिएको समय भन्दा एक घण्टा अघि नै उपस्थित भइसक्दा सूचनामार्फत आग्रह गरिएको छ ।

गत मंसिर १४ गते प्राधिकरणको कार्यकारी प्रमुखका लागि आवेदन आव्हान गरिएको थियो । जसमा १६ जनाले आवेदन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर