शान्दार म:ममा भएको ग्यास विष्फोटका २ घाइतेको निधन – Nepal Press

शान्दार म:ममा भएको ग्यास विष्फोटका २ घाइतेको निधन

काठमाडौं । शान्दार म:म, ज्ञानेश्वरमा ग्यास विष्फोट हुँदा घाइते भएका ११ मध्ये दुईको निधन भएको छ ।

गत माघ २४ गते बिहीबार विहान ग्यास सिलिन्डर चुहावटका कारण विष्फोट भएको थियो ।

घाइतेमध्ये रविन राई र भीमबहादुर घलेको उपचारका क्रममा सोमबार निधन भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

घाइतेहरुलाई उपचारका निम्ति कीर्तिपुरस्थित जलन अस्पताल लगिएको थियो । केही घाइते स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । केही घाइतेको उपचार जारी रहेको जिल्ला प्रहरी प्रवक्ता बोहराले बताए । उनका अनुसार अन्य घाइते खतरामुक्त छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *