कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु – Nepal Press

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ वडा कार्यालय नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सडक छेउका डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा भीमदत्त नगरपालिका १३ बडैपुरका २१ वर्षीय गणेश विष्ट र भीमदत्त नगरपालिका १६ का २१ वर्षीय कैलास सिंह साउँद रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक डम्मर भट्टले जानकारी दिए ।

प्रहरीका अनुसार साउदले मोटरसाइकल चलाइरहेका थिए भने विष्ट सवार थिए ।

सोमबार राति दोधारा चाँदनीबाट महेन्द्रनगर आउँदै गरेको सुपप्र ०१–०१२ प ९२४९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर भएका दुबै जनालाई उपचारको लागि महाकाली अस्पताल लगिएको थियो ।

उनीहरूलाई अस्पतालमै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर