गृहमन्त्री र ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक, थपिएको आन्दोलन स्थगित गर्ने सहमति


काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक भएको छ ।
वार्तामा सहभागी सांसद उर्मिला थेबेका अनुसार वार्ता सकारात्मक भएको, तत्कालका लागि आन्दोलन रोक्ने, निरन्तर वार्ता जारी राख्ने सहमति भएको छ ।
उनका अनुसार आन्दोलनले थप विरोधका कार्यक्रम स्थगित गर्ने र वार्तालाई निरन्तरता दिइ बीचमा रहेर सम्झौता गर्ने सहमति भएको छ ।
‘वार्ता एकदमै सकारात्मक भयो । गृहमन्त्रीजीले आन्दोलनकारीले पनि अडान छाड्नुपर्ने र वार्तामार्फत सहमति गर्नुपर्ने बताउनु भयो । भोलि थप वार्ताका लागि समय मिलाउने भन्नु भएको छ’, उनले नेपाल प्रेससँग भनिन्, ‘सधैं आन्दोलन भनेर हुँदैन । उहाँहरुले पनि बुझ्नुपर्यो । बुझ्नुभएको छ ।’
ताप्लेजुङ्ग जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद सम्बन्धमा छलफलका लागि जारी छलफलमा गृहमन्त्री लेखकसहित नेकपा एमालेका सचिव योगेश भट्टराई, गृह प्रवक्ता रामचन्द्र तिवारी रहेका छन् ।
त्यस्तै, आन्दोलनरत पक्षबाट आङकाजी शेर्पा, रमेश राईलगायत करिब १० जनाको उपस्थितिमा वार्ता सुरु भएको जनाइएको छ ।
आङकाजि किन वार्तामा ? उ ताप्लेजुङको हो ? होईन । उ लिम्बू हो ? होईन । त्यो राई हो ? होईन । अनि किन त्याहा ? क्रिश्चियनको खेताला हो ? हुनसक्छ । किनकी ताप्लेजुङ, पाँचथर ईलाम , झापा क्रसले भरिदा यो खुशीले रमाउने । अनि केबुलकार चढेर लाखौं मानिसले दर्शन गर्न पाउँदा यसलाई किन टाउको दुखेको ? अरू पनि पश्चिमाका खेताला हुन् । छोरालाई विदेशीको सेनामा पठाउने, उतै बस् भन्ने । उतै बसेपछि आफ्नो भाषा, संस्कृति सबै स्वाहा हुँदा मतलव छैन । यहाँ चै तिनै पश्चिमाको दलाल भएर केवुलकारको विरोध गर्ने ? आङकाजिलाई त त्याहा केवलकार बन्ला, करोडौ हिन्दुहरू जालान, माहोल बनेपछि मानिस क्रिश्चियन हुन नमान्लान र आफ्नो दाना पानी बन्दहोला भनेर केवलकार रोक्न हिडेको हो । अवरोध गर्नेलाई कडा कारवाही गरेर काम गर्न देउ सरकार ।