सिंहदरबारमा गृहमन्त्री लेखकसँग ‘नो केबलकार’ समूहको वार्ता सुरु – Nepal Press

सिंहदरबारमा गृहमन्त्री लेखकसँग ‘नो केबलकार’ समूहको वार्ता सुरु

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग ‘नो केबलकार’ समूहको वार्ता सुरु भएको छ ।

सोमवार साँझ सवा ७ बजेदेखि सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता जारी रहेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

ताप्लेजुङ्ग जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद सम्बन्धमा छलफलका लागि जारी छलफलमा गृहमन्त्री लेखकसहित नेकपा एमालेका सचिव योगेश भट्टराई, गृह प्रवक्ता रामचन्द्र तिवारी रहेका छन् ।

त्यस्तै, आन्दोलनरत पक्षबाट आङकाजी शेर्पा, रमेश राईलगायत कबिर १० जनाको उपस्थितिमा वार्ता सुरु भएको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर