सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल पार्ने स्टाटस राखेकाे आराेपमा एकजना पक्राउ – Nepal Press

सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल पार्ने स्टाटस राखेकाे आराेपमा एकजना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक लगायत डिजिटल प्लेटफर्मबाट धार्मिक सहिष्णुतामाथि आघात पुर्याउने पाेस्ट गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

साइबर ब्यूराेले पाेस्टमार्फत घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामाग्री तयार गरी प्रसारण गरेको भन्दै संखुवासभाकाे खाँदबारी नगरपालिका ४ घर भएका ५२ वर्षीय नरेन्द्र राज राईलाई पक्राउ गरिएकाे प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीले जानकारी दिएका छन् ।

उनीमाथि जिल्ला अदालत काठमाडौंको आदेशले पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेकाे अवस्थीले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *