ऊर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का भारत प्रस्थान – Nepal Press

ऊर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का भारत प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का ‘इन्डिया इनर्जी विक २०२५’ मा भाग लिन भारत गएका छन् । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि १४ तारिखसम्म सञ्चालन हुने ऊर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का आज दिउँसो नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्व तथा भारतीय पेट्रोलियम उद्योग महासंघको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा भारतको कम कार्बन वृद्धि अर्थ व्यवस्थाको लागि अग्रगामी मोडेलको विषयमा छलफल हुनेछ ।

त्यस्तै ऊर्जा पहुँच, सुरक्षा, किफायती र दिगोपनको लागि भारत सरकारको प्रतिबद्धतालाई उक्त कार्यक्रमले थप उजागर गर्नेछ । भारतको ऊर्जा सप्ताहले सबैका लागि स्वच्छ ऊर्जा भविष्यतर्फ प्रेरित गर्ने बताइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने उक्त कार्यक्रम १० देशका ७० हजार ऊर्जा व्यवसायी सहभागी रहने बताइएको छ । यस्तै ९० सत्रमा छलफल हुने, ५०० वक्ताले धारणा राख्ने र ७०० कम्पनीले प्रदर्शन कक्ष राख्ने जनाइएको छ ।

मन्त्री खड्काले उक्त कार्यक्रममा ‘क्लीन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’सम्बन्धी दुइटा मन्त्रीस्तरीय सेसनलाई सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *