गगन थापा भन्छन्- अब चुनावमा गठबन्धन गरौं भन्ने आँट कसैले राख्दैन, राखे पार्टीमा रहँदैन – Nepal Press

गगन थापा भन्छन्- अब चुनावमा गठबन्धन गरौं भन्ने आँट कसैले राख्दैन, राखे पार्टीमा रहँदैन

१६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने निर्वाचन आयोगको प्रस्तावमा समर्थन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को चुनावमा गठबन्धन गरौं भन्ने व्यक्ति पार्टीमा नरहने बताएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब चुनावी गठबन्धन गरौं भन्ने आँट पार्टीमा कसैले नराख्ने बताए ।

उनले भने, ‘कुनै बेला म एक्लै थिएँ । २०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ, त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेको, सकेनौं। अब सिंगो पार्टी आयो ।’

महामन्त्री थापाले निर्वाचन आयोगले छलफल चलाइरहेको १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने प्रस्तावलाई समर्थन जनाए ।

पार्टीको प्रत्यक्ष उम्मेदवारले पाएको मतलाई नै समानुपातिकको मत मान्ने भएपछि कसैले निर्वाचन अगाडि गठबन्धन गर्ने आँट नै नगर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर