संसद भवन छिर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ – Nepal Press

संसद भवन छिर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

काठमाडौं । दोस्रो पटक संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् । अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारको जोडीको न्याय माग्दै सोमबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन् ।

उनलाई संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

सुनार यसअघि ६ महिनाअघि गत साउन २९ गते पनि हात खुट्टामा नेल लगाएर माइतीघरबाट प्रदर्शन गर्दै संसद भवन प्रवेश गर्न खोजेका थिए । त्यतिबेला प्रहरी नियन्त्रणमा लिएर साँझ छोडेको थियो ।

‘दलितको लागि दलित अभियान’ नेपालका संयोजकसमेत रहेका सुनारले अन्तरजातीय विवाह गर्ने जोडीमाथि गृहमन्त्री रमेश लेखककै निर्देशनमा गैरकानूनीरूपमा दमन गरेको भन्दै विरोध जनाउँदै आएका छन् ।


प्रतिक्रिया

One thought on “संसद भवन छिर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर