सुजाताको घोषणा- अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला, देउवा पूर्ण असफल (भिडिओ) – Nepal Press

सुजाताको घोषणा- अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला, देउवा पूर्ण असफल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अहिले देश एमालेले हाँकिरहेको र कांग्रेस स्याडोमा परेको बताएकी छन् ।

‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै उनले अहिलेका सभापति शेरबहादुर देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको टिप्पणी गरिन् । सुजाता गिरिजाकी पुत्री हुन् ।

आफू एउटा कुरामात्रै भन्ने भन्दै उनले देउवाले कांग्रेस हाँक्न नसक्ने निचोड सुनाइन् । उनले अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला हुने घोषणा गर्दै आफ्नो पूर्ण समर्थन हुने बताइन् ।

उनको भनाइ जस्ताको तस्तै-

म धेरै लामो बोल्दिनँ एउटै कुरा भन्न चाहन्छु- प्रजातन्त्र कमजोर भएको अवस्था छ । आज यो देश कांग्रेसले होइन एमालेले हाँकिरहेको छ । ओलीजीले नेतृत्व लिएर देश हाँकिरहनुभएको छ । नेपाली कांग्रेस स्याडोमा परेको छ । शेरबहादुरजी उहाँको कुने विचार छैन, उहाँ काम नै गर्नु हुन्न । उहाँ दिनभरि के गर्नुहुन्छ भगवान् जानुन् । उहाँले कांग्रेस हाँक्न सकिरहनुभएको छैन । त्यसैले मैले निर्णय गरेँ-अब हुने सभापति शेखर कोइराला हो, शेखर कोइरालाई मेरो सपोर्ट हुने हो ।

पोलिटिक्स बिग्रियो, प्रजातन्त्र बिग्रियो भने हाम्रो देश पनि बिग्रिन्छ । प्रजातन्त्र उहाँहरूलाई मात्र छ । प्रजातन्त्र खोजेर जागिर खोजेर आज हजारौं युवा बाहिरिरहेका छन् । यो अवस्थामा नेपाली कांग्रेसलाई पुर्‍याउनेहरूलाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउनु हुँदैन । नेपाली कांग्रेसबाट कोही पनि प्रधानमन्त्री बन्छ भने शेखर कोइराला प्रधानमन्त्री बन्नुपर्छ त्यसमा मेरो पूरा सहमति र समर्थन रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर