केपी ओली संविधान खारेज गर्ने पक्षमा छन् : प्रचण्ड (भिडिओ) – Nepal Press

केपी ओली संविधान खारेज गर्ने पक्षमा छन् : प्रचण्ड (भिडिओ)

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन् ।

सोमबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका हुन् ।

विगतमा दुई-दुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजीको प्रयास भएको उनले बताए ।

देश र जनताको आवश्यकताका आधारमा आफूले संविधान संशोधनको प्रस्ताव लैजाँदा ओलीले नै रोकेको प्रचण्डको जिकिर छ । मधेशमा भएका दलको मागअनुसार यसअघि पनि आफूले संविधान संशोधनको प्रयास गरेको उनले बताए ।

अहिलको सरकार सुशासनविरुद्ध चलेको अभियान रोक्नका लागि बनेको भन्दै प्रचण्डले सरकारबाट राम्रा कुराको आशा गर्न नसकिने टिप्पणी गरे ।


प्रतिक्रिया

2 thoughts on “केपी ओली संविधान खारेज गर्ने पक्षमा छन् : प्रचण्ड (भिडिओ)

  1. ओलिले संविधान होईन अब देशले भारतीय टट्टुहरूलाई खारेज गर्ने बेला आयो ।

  2. स्याल हुइय्या गरेरै जीवन कटाउने भयाे कामरेडले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर