अमरेशको आरोप- गरिब मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्दैछ (भिडिओ)
‘हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काऊ, कवाडी मजदुरका झुपडी भत्काएर बालेन बहादुरी नदेखाऊ’

२०८१ माघ २८ गते १३:३६

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलरको शैलीमा कवाडीमाथि डोजर चलाएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको बताए ।
उनले बालेनलाई च्यालेज गर्दै भने, ‘हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ। यो शैली चल्दैन। यो कानून र न्याय नभएको देश हो । त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ?’
उनले गरिब मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको टिप्पणी गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर