गुरुराज घिमिरेको प्रश्न- एमालेसँगको सहकार्यले कांग्रेसलाई कहाँ पुर्याउला ? (भिडिओ)


काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ७ महिनामा पनि भारत र चीनसँगको सम्बन्धमा सुधारमा आउन नसकेको टिप्पणी गरेका छन् ।
गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले पार्टीका नेता डा. शेखर कोइरालालाई भूराजनीतिक परिस्थितिबारे विज्ञहरूको समूह बनाएर नेपालको परराष्ट्र नीतिबारे स्पष्ट नीति बनाउन आग्रह गरे ।
उनले भने, ‘हामी संयुक्त सरकारको अभ्यास गर्दैछौं । संसदको दोस्रो ठूलो दल, ठूलो कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनाएका छौँ । यस्तो त हामीले अहिलेसम्म कहीँ देखेका पनि थिएनौँ । यो कस्तो प्रयोग हो । यो प्रयोग असफल भयो भने आउने पुस्ताले कसरी मुल्यांकन गर्ला ।’
उनले अहिले लोकतन्त्र कमजोर हुँदै गइरहेको बताए । अहिले समाजमा देखिएको अराजकता अन्त्य गर्न आवश्यक भएको बताए ।