झलनाथ भन्छन्- ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था छैन – Nepal Press

झलनाथ भन्छन्- ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था छैन

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेको बताएका छन् ।

विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग उनले भने, ‘वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ ।’

आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको उनको जिकिर थियो ।

नेता खनालले दिगो विकाससहित समृद्धिको दिशामा मुलुकलाई लैजानका लागि आधुनिक कृषि प्रणाली र उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए । वर्तमान संविधानको सिंहावलोकन गर्नुपर्ने समय आएको उल्लेख गर्दै उनले सम्झौताका आधारमा ल्याइएको वर्तमान संविधानमा भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए ।

-रासस


प्रतिक्रिया

One thought on “झलनाथ भन्छन्- ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर