काठमाडौं । नेपाल प्रहरीका एआईजी रवीन्द्र केसीले पदबाट राजीनामा दिएका छन् ।
डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्ने योजनाअन्तर्गत केसीले राजीनामा गरेका हुन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले केसीले दिएको राजीनामा गृह मन्त्रालय पठाइएको बताए ।