कम्बोडियाका प्रधानमन्त्रीसँग नेपाली राजदूत ओलीको भेटः व्यापार, लगानी र पर्यटनबारेमा छलफल


काठमाडौं । कम्बोडियाका प्रधानमन्त्रीसँग कम्कोडियाका लागि नेपाली गैरआवासिय राजदूतको भेट भएको छ । शुक्रबार कम्बोडियाको शान्ति दरबारमा राजदूत धनबहादुृर ओली र कम्बोडियाका प्रधानमन्त्री सामदेच मोहा बोरभोर थिपादेइ हुन मानेतसँग भेट भएको हो ।
भेटमा प्रधानमन्त्रीले नेपाल र कम्बोडियाको व्यापार, लगानी र पर्यटन क्षेत्रको सहकार्यको बारेमा चर्चा गरेको राजदूतावासले उल्लेख गरेको छ ।
राजदूत ओलीले प्रधानमन्त्री मानेतलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको न्यानो अभिवादन र सुभेक्च्छा पनि पठाएकाो राजदूतावाले शनिबार जानकारी सार्वजनिक गरेको छ । नेपालको कम्बोडियामा राजदूतावास छैन ।
नेपालको थाइल्याण्डमा भएको आवासिय राजदूतावासले नै कम्बोडिया हेर्ने गरेको छ । नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने कम्बोडिया ६० औं मुलुक हो ।
सन् १९७५ अप्रिल १८ मा राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्तावको कार्यक्रम फैलिएको समयमा नेपाल र कम्बोडियाको कूटनीतिक दौत्य सम्बन्ध स्थापना भएको थियो ।