दाङमा आधा किलो सुनसहित एक पक्राउ
२०८१ माघ २७ गते १९:४५

दाङ । जिल्लाको घोराहीमा निरन्तर चोरीको सुन भित्र्याउने तस्करलाई पक्राउ गरेको छ ।
घोराही- १५ मिलन चोकका २५ वर्षीय रञ्जित रसाइलीलाई आधा किलो सुनसहित पक्राउ गरिएको दाङका प्रहरी उपरीक्षक अर्जुन तिम्लिसिनाले जानकारी दिए ।
सुन तस्करलाई गत शुक्रबार बेलुका ४९७.०४ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएका छ ।
रसाइलीले मोटरसाइकलबाट अवैध सुन ओसारपसार गरेको सूचना प्रहरीलाई थियो । प्रहरीले लु ४६ प ६१६१ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
त्यस्तै उनको साथबाट १ लाख ७ हजार ८०० रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनएको छ । प्रहरीका अनुसार उनी दाङमा सुन सप्लाइ गर्ने प्रमुख तस्कर हुन् ।
प्रतिक्रिया
One thought on “दाङमा आधा किलो सुनसहित एक पक्राउ”
Leave a Reply
सम्बन्धित खवर
माओवादी नेता पनि हुनुपर्छ ।