दाङमा आधा किलो सुनसहित एक पक्राउ – Nepal Press

दाङमा आधा किलो सुनसहित एक पक्राउ

दाङ । जिल्लाको घोराहीमा निरन्तर चोरीको सुन भित्र्याउने तस्करलाई पक्राउ गरेको छ ।

घोराही- १५ मिलन चोकका २५ वर्षीय रञ्जित रसाइलीलाई आधा किलो सुनसहित पक्राउ गरिएको दाङका प्रहरी उपरीक्षक अर्जुन तिम्लिसिनाले जानकारी दिए ।

सुन तस्करलाई गत शुक्रबार बेलुका ४९७.०४ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएका छ ।

रसाइलीले मोटरसाइकलबाट अवैध सुन ओसारपसार गरेको सूचना प्रहरीलाई थियो । प्रहरीले लु ४६ प ६१६१ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
त्यस्तै उनको साथबाट १ लाख ७ हजार ८०० रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनएको छ । प्रहरीका अनुसार उनी दाङमा सुन सप्लाइ गर्ने प्रमुख तस्कर हुन् ।


प्रतिक्रिया

One thought on “दाङमा आधा किलो सुनसहित एक पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *