माओवादी केन्द्रीय कमिटीमा हेरफेर : को-को थपिए, को-को हटाइए ? – Nepal Press

माओवादी केन्द्रीय कमिटीमा हेरफेर : को-को थपिए, को-को हटाइए ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कतिपय केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यलाई जिम्मेवारी हटाएको छ भने कतिपयलाई थप गरेको छ ।

केहि दिन अघि बसेको केन्द्रीय समिति बैठकले गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दिलमाया रोका निश्कृय रहेको तथा केशव कुँवर वैदेशिक रोजगारीमा रहेकाले उनीहरुलाई पदमुक्त गरिएको छ । यस्तै गण्डकी प्रदेश अन्तरगतका रेशमबहादुर जुग्जाली मगर (म्याग्दी), धनबहादुर बिक (बागलुङ) र मदन आले (तनहुँ)लाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

यस्तै पार्टी एकता प्रक्रियाबाट जोडिएका कृष्णराज न्यौपाने ‘लब्ली’ (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बागलुङ)लाई वैकल्पिक केन्द्रीय सदस्य तथा अरुणपीडित भण्डारी (चितवन)लाई केन्द्री आयोगमा जिम्मेवारी दिइएको छ ।

यस्तै केन्द्रीय सदस्य रामलाल बिक पेशमा रहेको भन्दै रिक्त स्थानमा केन्द्रीय सल्लाहकार छिरिङ डण्डुल लामा (हुम्ला)लाई मनोनित गरिएको छ । उनी संघीय सांसद पनि हुन् । साथै विरेन्द्र बस्नेत (झापा)लाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरिएको छ भने प्रवास कार्यालयमा कार्यरत टिबी पाठकलाई पार्टी केन्द्रीय सल्लाहकारमा मनोनित गरिएको छ ।

पश्चिम अन्तरदेशीय प्रवास प्रदेश कार्यालयको सिफारिस अनुसार प्रदेश समितिमा १७ जना र बेलायतमा पार्टी एकतामा जोडिएका क्षेत्रकला राई र नरहाङ राईलाई प्रवास प्रदेश समितिमा मनोनित गर्ने निर्णय पनि भएको छ ।


प्रतिक्रिया

One thought on “माओवादी केन्द्रीय कमिटीमा हेरफेर : को-को थपिए, को-को हटाइए ?

  1. बद्री तिमिल्सिना कमरेड केन्द्रीय सदस्य भएकोमा बधाई ! कम्युनिस्ट आन्दोलन सफल हुन्छ हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर