फर्पिङमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु – Nepal Press

फर्पिङमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका- ३ फर्पिङमा आज स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

यहाँको भन्ज्याङमा जुनकिरी इग्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताए । उनका अनुसार प्रहरी उद्धारकै क्रममा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *