गुराँस गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

गुराँस गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढासहित १४ जनाले पालिकाको वडा नम्बर ६ स्थित भिउचुलादेखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी बिल भरपाई बनाएर रकम हिनामिना गरेको आरोपमा आयोगले विशषे अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बुढा, इन्जिनियर सरोज दाहाल, सव-इन्जिनियर नवीनकुमार बिसी, लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा, योजना शाखा प्रमुख मदन प्रकाश मल्ललाई संयुक्त रुपमा १० लाख २२ हजार ४१३ रूपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरी घिमिरले जानकारी दिए ।

यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष हिमबहादुर वलीलाई एकल तथा भिउजुला बगौरा पुलिया सडक स्तरोन्नती कार्य उपभोक्ता समितिका अध्यक्ष गगनसिंह खत्री, सचिव गोविन्दबहादुर वली, कोषाध्यक्ष नन्दा राना र ठेकेदार हिक्मत वलीलाई संयुक्तरूपमा १० लाख २२ हजार ४१३ विगो माग दाबी गरिएको छ ।

यस्तै भिउचुला बगौरा पुलिय सडक स्तरोन्नति कार्यका अनुगमन समिति संयोजक इन्द्रजित बिसी, सदस्य हस्ता विसी र सदस्य बिजय बहादुर वलीलाई पनि संयुक्त रुपमा १० लाख २२ हजार ४१३ बिगो माग दाबी गरिएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर