गृहमन्त्रीलाई केबलकारविरोधीसँग भेटाउन योगेश भट्टराईको पहल, भोलि निस्किएला हल ?


काठमाडौं । निर्माणाधीन पाथीभारा केबलकारका विरुद्धमा आन्दोलनरत पक्षसँग गृहमन्त्री रमेश लेखकले वार्ता गर्ने भएका छन् । एमाले सचिव योगेश भट्टराईका अनुसार गृहमन्त्रीले भोलि साँझ ६ बजेको समय दिएका छन् ।
आज सरकारी टोलीसँग केवलकारविरोधी समूहको वार्ता विनानिष्कर्ष टुंगिएको थियो । आन्दोलनकारीले गृहमन्त्री नै वार्तामा बस्नुपर्ने अड्डी लिएका थिए । वार्तामा सहभागी एमाले सचिव भट्टराईले आन्दोलनकारीको मागबमोजिम आफूले गृहमन्त्रीसमक्ष कुरा गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले भनेका छन्, ‘वहाँहरूले माननीय गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राखन चाहनु भएको र त्यस्को समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरे । माननीय गृह मन्त्रीज्यूले भोली माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउँदछु ।’
भट्टराईले आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फत समस्याको समाधान गर्न अनुरोध गरेका छन् ।
आए वार्तामा आउछन । नआए बल प्रयोग गरेर ती पश्चिमाका दलालहरूलाई ताप्लेजुङ नै छिर्न नदेउ र केवलकार बनाएरै छोड ।