बालेनविरुद्ध फेरि खनिए प्रभु शाह, कवाडी मजदुरमाथि सांघातिक गुण्डागर्दी गरेको आरोप (भिडिओ) – Nepal Press

बालेनविरुद्ध फेरि खनिए प्रभु शाह, कवाडी मजदुरमाथि सांघातिक गुण्डागर्दी गरेको आरोप (भिडिओ)

काठमाडौं । आम जनता पार्टीका सांसद तथा पूर्व मन्त्री प्रभु शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गुण्डागर्दी रोक्न सरकार असक्षम भएको आरोप लगाएका छन् ।

बालेनले काठमाडौंमा कार्यरत कवाडी मजदूर तथा व्यवसायीमाथि आक्रमण गरेको भन्दै पटकपटक विरोध गर्दै आएका शाहले आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै महानगरको गुण्डागर्दी रोक्न माग गरे ।

सांसद साहले टेकुको कवाडमा काम गर्ने मजदूरमाथि महानगर प्रहरीको जत्थाले आक्रमण गरेर गम्भीर घाइते बनाएको भन्दै अदालतको आदेश विपरित पटकपटक गुण्डागर्दी गरिएको बताए ।

उनले महानगरपालिकाको कानूनविपरितको गुण्डागर्दी रोक्न सरकार किन सक्षम छैन भनी प्रश्नसमेत गरे ।

आइतबार कवाडी खाली गर्ने क्रममा भएको झडपमा महानगर प्रहरीको लाठी चार्ज र आक्रमणमा परेर ४ जना श्रमिक घाइते भएका थिए ।

 


प्रतिक्रिया

One thought on “बालेनविरुद्ध फेरि खनिए प्रभु शाह, कवाडी मजदुरमाथि सांघातिक गुण्डागर्दी गरेको आरोप (भिडिओ)

  1. यो प्रभु साह भन्ने आजकाल निकै उम्लेको छ । यसलाई कसले उचालिरहेको छ ? दिल्लीले त होईन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर