सामाजिक सञ्जाल विधेयक फिर्ता माग्दै माइतीघरमा प्रदर्शन (भिडिओ) – Nepal Press

सामाजिक सञ्जाल विधेयक फिर्ता माग्दै माइतीघरमा प्रदर्शन (भिडिओ)

काठमाडौं । सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै अनलाइन टीभी पत्रकार संघले माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले राष्ट्रियसभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक संशोधन नगरी पारित गर्न नहुने भन्दै संघ अहिले आन्दोलित छ ।

विरोधको क्रममा उनीहरूले आलोचनाको अधिकार खोस्न पाइँदैन, जनताको मुख थुन्न पाइँदैन लेखिएको प्लेकार्ड बोकेका थिए ।

उक्त विरोध सभामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पनि पुगेका थिए ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *