टेकुको कबाडी गोदाममा काठमाडौं महानगरको डोजर- नगर प्रहरीको कुटाइबाट ३ मजदुर घाइते (भिडिओ)

२०८१ माघ २७ गते १३:११

काठमाडौं । टेकुमा रहेको एक कबाड गोदाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
गोदाम भत्काउन पुगेका महानगर प्रहरीको टोलीसँग मजदुरहरूको झडपसमेत भएको छ । सो क्रममा केही मजदुर घाइते भएका छन् । व्यवसायीहरूका अनुसार ३ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको छ ।
कबाडी व्यवसायीहरूले आफूहरूलाई गरिखान दिनुपर्ने भन्दै निरन्तर महानगरको कदमको विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर