सुनको मूल्यमा सामान्य वृद्धि, यस्तो छ आजको भाउ

२०८१ माघ २७ गते ११:१२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो तोलामा एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया