लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा एकै दिन ११ जना समातिए – Nepal Press

लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा एकै दिन ११ जना समातिए

डोटी । लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एकै दिन ११ जनालाई नियन्त्रणमा लिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार शनिवार कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट लागु औषध सहित ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३५ वर्षीय राम विशाल राना र वर्ष २८ को हरि रानालाई लागु औषधको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूसँग रहेको २ ग्राम ६९० मिलिग्राम लागू औषध समेत जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

शनिवारै टीकापुर नगरपालिका–३ शंकरपुरका २६ वर्षीय नरेश शाहीलाई ९० मिलिग्राम लागू औषध सहित इलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले नियन्त्रणमा लिएको लिएको छ ।

यस्तै, गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट २६ वर्षीय राजन हमाल पनि लागु औषधको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनलाई १३० मिलिग्राम लागू औषध बरामद गरेको छ ।

गोदावरी नगरपालिकाकै वडा नं. ३ लागु औषधको कारोबारमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय तिलक थापा, २१ वर्षीय मनोज सार्की र २३ वर्षीय नितेस महरा रहेका छन् । उनीहरूसँग रहेको ५८० मिलिग्राम लागू औषध समेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

शनिवारै कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला बजारबाट कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–२ का २९ वर्षीय खगेन्द्र महरालाई ९० मिलिग्राम लागू औषध सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० अमरबस्तीबाट कैलाली, गोदावरी नगरपालिका–१ का २८ वर्षीय सुरेश चौधरी र २५ वर्षीय रवीन्द्र ओलीलाई १ ग्राम २० मिलिग्राम लागू औषध सहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

पुनर्वास नगरपालिककै वडा नं. ११ डोकेबजारबाट सोही नगरपालिका–१० भिमबस्तीका २० वर्षीय रोशन सिंह साउद पनि लागु औषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

उनीसँग भएको निट्राजिपा–१० ट्याब्लेट थान १३ र स्पास्मो क्याप्सुल थान २१ सहित प्रहरी चौकी परासनको टोलीले नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *