प्रेस चौतारी चितवनको अध्यक्षमा सर्वसम्मत चुनिए पण्डित – Nepal Press

प्रेस चौतारी चितवनको अध्यक्षमा सर्वसम्मत चुनिए पण्डित

चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्ष सुवास पण्डित निर्विरोध निर्वाचित भएका छन् ।

चौतारी चितवनको आठौँ जिल्ला अधिवेशनले पण्डितलाई दोस्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने रहेका छन् ।

त्यसैगरि सचिवमा लक्ष्मण गौतम, कोषाध्यक्ष बद्री अर्याल र सहसचिवमा हिरालाल आचार्य र प्रतिमा तामाङ रहेका छन् ।

जिल्ला समितिका सदस्यहरुमा सुनिल पौडेल, पुजा ढकाल, सगुन चपाई, निराजन घिमिरे, भाग्यश्वरी गायक, सबिता दराई रहेका छन् । भने आठौँ जिल्ला अधिवेशनले केन्द्रीय र प्रदेश प्रतिनिधि पनि चयन गरेको छ ।

जसमा चयन हुने केन्द्री प्रतिनिधिहरुमा रामबाबु सुबेदी, कृष्ण गिरी, होमनाथ सापकोटा, रबिना पौडेल र प्रदेश प्रतिनिधिमा रामेश्वर रिजाल, कृष्ण आचार्य, अमिर रामदाम र शान्ता अधिकारी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर