जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ: मन्त्री गुरूङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आदिवासी जनजातिहरुको लिखित इतिहास नभएको बताएका छन् ।
संयुक्त ल्होसार/ल्होछार/लोसारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरुको किंवदन्तीहरु, कथाहरुमा मात्र उनीहरुको इतिहास भएकाले यो इतिहासलाई व्यवस्थित गर्न आदिवासी जनजातिहरुको भाषालाई मान्यता दिनुपर्ने बताएका छन् ।
उनले भने, ‘आदिवासी जनजातिहरुले हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । आदिवासी जनजातिहरुको लिखित इतिहास त छैन, तर आदिवासी जनजातिहरुको किंवदन्तीहरु, कथाहरुमा मात्र उनीहरुको. इतिहास छ । यो इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ ।’
सञ्चारमन्त्री गुरुङले नेपाल राज्य सबैको साझा देश भएकाले हाम्रो राज्य र सरकार सबै धर्म मान्नेहरुप्रति निष्पक्ष रहनुपर्ने बताए । उनले कसै धर्मलाई धेरै माया र कसैलाई काखापाखा गर्न नहुने बताए ।