नारायणकाजीको प्रश्न- २०६४ मा एक्लै बहुमत जितेको पार्टी ३२ सीटमा आइसक्यो, अब पनि गुट बनाउने ? (भिडिओ)


काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा गुटबन्दी बढ्दै गएको स्वीकारेका छन् । पार्टीको पाल्पास्थित तानसेन नगर समितिको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीमा विधि, पद्धति सामूहिकताको निर्णय अन्त्य हुँदै गएको बताए ।
उनले भने, ‘व्यक्तिवाद बढ्दै गइरहेको छ । पार्टी अध्यक्षदेखि सबै नेता कार्यकर्ताले मान्ने विधि र पद्धति एउटै हुनुपर्यो । विधान लागू गर्नेपर्छ । सामूहिकतामा काम गर्नुपर्छ । व्यक्तिले भनेर हुँदैन कमिटीले काम गर्नुपर्छ । व्यक्तिवाद र गुटवाद धेरै झाँगिएका छन् । पार्टीभित्र अन्तरसंघर्ष हुनसक्छ । वैचारिक संघर्षले पार्टीले फाइदा नै गर्छ, तर व्यक्तिगत स्वार्थको लागि झुण्ड र गुट बनाउनाले पार्टी बन्दैन । कसैले फरक मत राख्यो भने अपेक्षा गर्न हुँदैन । निषेध गर्न त मिल्दैन । गुट चलेका छन् । त्यसलाई हामीले स्वीकार्य गर्न हुँदैन ।’
नेता श्रेष्ठले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
उनले थपे, ‘२०६४ मा संसदको बहुमतको संख्या जित्ने पार्टी अहिले ३२ सीटमा आइपुगेको छ । अब पनि गुट बनाउने ? अब गुट होइन, पार्टी निर्माण गर्न एकताबद्ध हुनुपर्छ । सबै त्यसका लागि तयार हुनुपर्छ ।’
माओवादी पार्टीमा गुटलाई खुलेआम संस्थागत गर्ने काम कमरेड नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र उनले नेतृत्व गरेको पूर्व एकता केन्द्र मसालको समूह हो । कति दर्जन प्रमाण चाहिन्छ, आवश्यकता परे तत्काल उपलब्ध हुनेछ ।
तिमीले पनि आफ्नो शक्ति देखाउन खोजेका थियौ, विद्यार्थीको चुनावमा आफ्नो उम्मेद्वार उठाएर । शर्मनाक हार पछि अहिले गुटको विरोध ? वर्षामानको पनि शर्मनाक हार भयो ।जनार्दन शक्तिशाली प्रमाणित भए यद्यपि जालझेल गरेर प्रचण्डले आफ्नोलाई सभापति जिताए ।