माओवादी फुटाउन खोज्नेहरुलाई बुद्धिमतापूर्ण ढंगले जवाफ दिएका छौं: प्रचण्ड (भिडिओ) – Nepal Press

माओवादी फुटाउन खोज्नेहरुलाई बुद्धिमतापूर्ण ढंगले जवाफ दिएका छौं: प्रचण्ड (भिडिओ)

'जनयुद्धको बेलामा पनि मलाई पार्टीबाट हटाउने कोसिस भएको थियो, बाहिर भने जस्तो थिएन'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर पार्टीप्रति २०६४ को जस्तै आकर्षण बढेको दाबी गरेका छन् ।

अनेरास्ववियु क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुको शपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताबद्ध भएर माओवादी आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘माओवादीप्रति अहिले देशभर आकर्षण बढेको छ । २०६४ मा म जहाँ गयो, बुढाबुढी, युवायुवती, बच्चाहरु एकचोटी छुन पाए हुन्थ्यो भन्ने उभार थियो । बीचमा उस्तैउस्तै जस्तो भयो । ७० र ७४ पछि, अहिले माओवादी नै हाम्रो पार्टी रहेछ भन्ने पर्न थालेको छ । अहिले म जहाँ गयो मलाई छुने, यसो हेर्ने, फोटो खिच्ने, २०६४ को जस्तो देखेका छौं । हामी एक भएर गयौं भने २०८४ मा हामीलाई कसैले रोक्न सक्दैन ।’

प्रचण्डले अहिले पार्टीमा सबै निर्णय सर्वसम्मत ढंगले हुन थालेको बताए ।

उनले भने, ‘केन्द्रीय कमिटी के होला भन्ने चिन्ता थियो होला, हामीले सबै निर्णय सर्वसम्मत गरेका छौं । अहिले कार्यालयको बैठक पनि सर्वसम्मत हुने गरेको छ । बाहिर प्रतिक्रियावादीहरुले आशा गरेका छन् यो पार्टी फुट्ला भनेर । हामीले त्यसको जवाफ बुद्धिमतापूर्ण ढंगले दिँदै आएका छौं ।’

उनले जनयुद्धको बेलामा पनि आफूलाई पार्टीबाट हटाउने कोसिस भएको स्मरण गरे ।

प्रचण्डले थपे, ‘यहाँ भन्दाखेरि त महान जनयुद्ध सुप्रिम कमान्डर सबै प्रचण्ड भनेको जस्तो हुँदैनथ्यो । त्यो बेलामा पनि प्रचण्डलाई कसरी सिध्याउने भन्ने थियो । त्यो भएको भए के हुन्थ्यो, थाहा छैन, तर मैले हरेक पटक आफ्नो बाटोमा अघि बढें । कसैले रोक्न सकेनन् । जसले रोक्न खोज्छ, त्यो असफल हुन्छ ।


प्रतिक्रिया

One thought on “माओवादी फुटाउन खोज्नेहरुलाई बुद्धिमतापूर्ण ढंगले जवाफ दिएका छौं: प्रचण्ड (भिडिओ)

  1. जनार्दन लक्षित हो । ४० वर्ष खाएपछि पनि हटाउन लागे भनेर भन्न अलिकति लाज लाग्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर