‘ताप्लेजुङ बाहिर र विदेशमा बस्ने केही व्यक्तिले पाथीभरामा केबलकार चाहिँदैन भन्दैछन्’ (भिडिओ)
चन्द्र ढकाल भन्छन्- स्थानीयको मागबमोजिम राज्यका निकायबाट अनुमति लिएर केबलकार बनाउन लाग्दा रोकिन्छ भने नेपालमा लगानीको वातावरण छैन भन्ने गलत सन्देश जानेछ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका संस्थापक चन्द्र ढकालले पाथीभरामा केबलकार सञ्चालन गरेर ताप्लेजुङको विकास तथा रोजगारी वृद्धि गर्नेमा स्थानीय सहमत भए पनि बाहिर बस्नेहरुका कारण अवरोध सिर्जना भएको बताएका छन् ।
पाथीभरा केबलकार आयोजनाबारे विवाद उत्पन्न भएपछि यसबारे प्रस्ट पार्न शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, जनता र व्यवसायीहरुको आग्रहमै आफूहरुले केबलकार आयोजनामा लगानी गरेको बताए ।
तर पटकपटक छलफल र सार्वजनिक सुनुवाइसमेत गरेर नगन्य व्यक्तिहरुको मागबमोजिम डीपीआर नै परिवर्तन गरेर अहिले नो केबलकार आन्दोलन गर्नेहरुको चासोलाई समेत सम्बोधन गरिएको ढकालले बताए ।
विशेषगरी विदेशमा बस्ने र जिल्ला बाहिरका व्यक्तिहरुले सामाजिक सञ्जालमा पाथीभरामा केबलकार बन्न नहुने भनेर अस्वाभाविक चासो देखाएको उनले बताए ।
ढकालले पत्रकार सम्मेलनमा भने– ‘अहिले आएर स्थानीयभन्दा जिल्ला बाहिर वा मुलुक बाहिर बस्नेहरूले सामाजिक सञ्जालमा पाथीभरामा केबलकार बन्न नहुने भन्ने अस्वाभाविक चासो राखेको देखिएको छ । जुन बिलकुल गलत छ । हामी आयोजना निर्माणस्थल तथा समग्र ताप्लेजुङ जिल्लावासीका भावना र आवश्यकताको नजिकमा छौँ । हामीलाई स्थानीयको आवश्यकताको बारेमा पूर्ण रुपमा जानकारी रहेकाले केबलकार नबनाउने भन्ने जिल्ला बाहिर तथा देश बाहिरका विषयले अनावश्यक चर्चा पाइरहेकोमा दुःख लागिरहेको छ । विकासका काममा यस्तो वादविवाद देखिनु राम्रो होइन । यस्ता कार्यहरूले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने काम गर्दछ ।’
उनले राज्यका निकायबाट सबै कानूनी र नियामकी प्रक्रिया पूरा गरिसकेपछि काम अघि बढ्न नदिने विषय दुःखद रहेको भन्दै यसले नेपालमा लगानीको वातावरण छैन भन्ने नकारात्मक सन्देश दिने बताए ।
ढकालले भने– विकासका काममा यस्तो वादविवाद देखिनु राम्रो होइन । यस्ता कार्यहरूले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने काम गर्दछ । राज्यका निकायबाट सबै कानुनी र नियामकीय प्रक्रिया पूरा गरिसकेपछि काम अगाडि बढ्न नदिने विषय अत्यन्त दुःखदायक छ । यसले मुलुकमा लगानी भित्र्यउन निजी क्षेत्रले गरिरहेको पहललाई निरर्थक तुल्याएको छ । यसबाट सातवटै प्रदेशमा ठूलाठूला पर्यटकीय पूर्वाधारको विकास गरी धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने, लगानीका अनगिन्ति अवसरहरू सृजना गर्ने, रोजगारी सृजना गर्ने र समुन्नत नेपाल निर्माणमा हातेमालो गर्ने हाम्रो अभियानमा ठेस पुगेको छ । म आइएमई ग्रुपको अध्यक्ष, यस केबलकार कम्पनीको अध्यक्ष मात्र नभएर मुलुकको समग्र निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षकै हैसियतले विभिन्न मुलुकहरू पुगेर नेपालमा लगानीका लागि आग्रह गरिरहेको छु । यो परियोजनामा अवरोध हुँदा यसको सन्देश विश्वव्यापी रुपमै नकारात्मक जान्छ । त्यसैले कुनै पनि बहानामा विकास निर्माणका काममा अवरोध नगर्न सबै सरोकारवालामा पुनः आग्रह गर्दछु ।
ढकालले केबलकार यातायातको साधनमात्र भएकाले यसबाट तीर्थयात्रीलाई सहज हुने र कुनै धर्म र जाति विशेषको संस्कार, संस्कृति तथा हाल भइरहेका संरचनामा केही असर नगर्ने प्रस्ट पारे ।
पहिलेको मेची अञ्चल पूरै क्रसले भरिएको छ । पैसा खाएर क्रिश्चियन बनाउनेहरू नै अहिले पहिचानको फोस्रो नारा लगाउदैछन् । बिकाउ मालले भनेको नसुनी फटाफट काम गर । राज्यले अराजकहरूलाई कडा कारवाही गरोस् ।