विश्वप्रकाश भन्छन्- सामाजिक सञ्जाल नियन्त्रण गर्न मिल्दैन, संशोधनबेगर विधेयक पास गर्न दिँदैनौं


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक जस्ताको जस्तै पास नहुने बताएका छन् ।
सामाजिक सञ्जाल विधेयकसम्बन्धी लोकतन्त्रिक संवाद कार्यक्रममा बोल्दै उनले सरकारले पेस गरेको विधेयक कांग्रेसले जस्ताको तस्तै पास गर्न नदिने बताए ।
उनले भने, ‘यो विधेयक आवश्यक छ, हामी सरकारमा छौं भनेर फरक पर्दैन । हामीले सात बुँदे सहमति गर्दा सामाजिक सञ्जाललाई नियमन गर्ने भन्ने थियो होला नियन्त्रण गर्ने भन्ने होइन । कसैको अधिकारलाई बन्देजमा राख्नेगरी काम गर्न यो सरकार बनेको होइन । हामी छौं । संशोधनबेगर पास हुँदैन, ढुक्क रहनुस् ।’
उनले स्वतन्त्रताका नाममा सामाजिक सञ्जालबाट अर्को व्यक्तिहरुको चरित्र हत्या गर्नेलगायतका कुरा स्वीकार्य नभएको पनि बताए ।
जे पनि भन्न, लेख्न छुट दिने ? अहिले बढी ओलिका बारेमा जथाभावि लेखेकाले तिमीले भनेका हौला । भोलि तिमीलाई नै पनि विना प्रमाण भन्दिन सक्छन कि शर्मा जि त वलत्कारी हो । अब तपाईले कारवाही गराउन सक्नुहुन्न किनकी कानून नै छैन । यहि खोजेको हो ?