प्रेस चौतारी पश्चिम नवलपरासीको अध्यक्षमा गौरीशंकर निर्विरोध निर्वाचित

२०८१ माघ २६ गते १५:३१

रूपन्देही । प्रेस चौतारी नेपाल पश्चिम नवलपरासी शाखाको सातौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा गौरीशंकर जयसवाल निर्विरोध निर्वाचित भएका छन् ।
कमिटीको उपाध्यक्षमा सुरेश यादव, उपाध्यक्ष महिलामा आरती राना, सचिवमा कल्पना खरेल, सहसचिवद्वयमा अभिषेक राव र सुनयना चौधरी तथा कोषाध्यक्षमा महेश यादव चुनिएका छन् ।
त्यस्तै सदस्यहरूमा टेक हरिजन, अमृता बिक तथा केन्द्रीय परिषद् सदस्य मेघराज गौतम र विष्णुमाया पाण्डे, प्रदेश परिषद् सदस्यमा प्रमोद अर्याल निर्वाचित भएका छन् ।
प्रतिक्रिया