चम्पादेवी केबलकार छिटो निर्माण गर्न स्थानीयको चासो


काठमाडौं । चम्पादेवी केबलकार परियोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो सम्पन्न गरिएको छ, जसमा निर्वाचित जनप्रतिनिधिहरू, स्थानीय बासिन्दाहरू, सरोकारवालाहरूले सहभागिता जनाए ।
कार्यक्रममा सहभागीहरूले परियोजनालाई छिटो अघि बढाउन माग गरे ।
कार्यक्रममा संघीय सांसद माननीय राजन कुमार के.सी., प्रदेश सांसद माननीय पुकार महर्जन, कीर्तिपुर नगरप्रमुख कृष्णमान डंगोल, वडा नं. ४ का अध्यक्ष राजेन्द्र बानियाँ, विभिन्न समितिका प्रतिनिधिहरू तथा स्थानीय व्यवसायी, पर्यटन क्षेत्रका सरोकारवाला र स्थानीय समुदायका सदस्यहरूको उपस्थिति थियो।
स्थानीय प्रतिनिधिहरूले यो परियोजना कीर्तिपुर र वरपरका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन् ।
केबलकार सञ्चालनमा आएपछि नगर र राष्ट्रले कर प्राप्त गर्ने, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, पर्यटनको प्रवर्द्धन हुने र कीर्तिपुरको सांस्कृतिक तथा धार्मिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मद्दत गर्ने उनीहरूको भनाइ छ।
स्थानीय युवाहरूले रोजगारीको प्राथमिकता पाउनु पर्ने, स्थानीय लगानीकर्ताहरूलाई सेयरको पहुँच सुनिश्चित गर्नुपर्ने, पर्यटन प्याकेजहरू विकास गर्नुपर्ने र स्थानीय व्यवसायलाई समृद्ध बनाउन केबलकारले सघाउने कुरामा जोड दिए ।
सुनुवाइ कार्यक्रममा सहभागीहरूले निर्माणको क्रममा भौगोलिक संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने भन्दै पहिरो रोकथाम, मलबा व्यवस्थापन, र फोहोर व्यवस्थापन जस्ता विषयलाई गम्भीर रूपमा समेट्नुपर्ने बताए ।
वन तथा वातावरण संरक्षणका उपायहरू अवलम्बन गर्दै परियोजनालाई अगाडि बढाउनुपर्ने उनीहरूको सुझाव थियो ।
स्थानीयले मलबा व्यवस्थापन योजनामा स्पष्टता ल्याउनुपर्ने, पर्यटनलाई दीर्घकालीन रूपमा प्रवर्द्धन गर्ने खालका वातावरणमैत्री नीति अपनाउनुपर्ने, र स्थानीय समुदायलाई परियोजनामा प्रत्यक्ष संलग्न गराउनु पर्ने माग गरे।
चम्पादेवी केबलकार परियोजना : मुख्य विवरणहरू
● बटम स्टेशन: बोसन, दक्षिणकाली नगरपालिका-१, काठमाडौं।
● टप स्टेशन: कीर्तिपुर नगरपालिका-४, काठमाडौं।
● लम्बाइ: २.१ किमि
● टावरहरूको संख्या: १२
● गण्डोलाहरूको संख्या: ३४+३
● क्षमता: १४४० व्यक्ति प्रति घण्टा
● यात्रा समय: ७ मिनेट (एकतर्फी)
● मानव स्रोत:
○ निर्माण चरण: ३०० जना
○ सञ्चालन चरण: २०० जना
● निर्माण अवधि: १८ महिना
संस्कृती मासियो भन्दै डलर खाने लिम्बुहरु आउलान