प्रचण्डको आत्मसमीक्षा- शान्ति प्रक्रियामा आएपछि हामीले आफ्नो वर्ग र समुदायका एजेण्डालाई बिर्सियौं


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजानुपर्ने बताएका छन् ।
नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दलित समुदायमाथिका छुवाछुत र जातीय विभेद जस्ता अमानवीय र निकृष्ट व्यवहार वर्गीय र राजनीतिक समस्या भएको बताए ।
यसलाई राजनीतिक रुपमा नै हल गर्न विशेषाअधिकारको नीति आवश्यक रहेको र यसलाई सबैतिर लागु गरेर लैजानुपर्ने बताए ।
जनयुद्धसहित नेपालमा चलेका तमाम आन्दोलनमा दलित समुदायको विशेष भूमिका रहेको उल्लेख गर्दै उनले जनयुद्धमा प्रथम शहीद दिलबहादुर रम्तेल भएको घटनाले पनि आजको राजनीतिक परिवर्तनमा दलित समुदायको योगदान पुष्टि गर्ने बताए ।
उनले भने, ‘पार्टी शान्तिकालमा आइसकेपछि आफ्नो वर्ग र समुदायका एजेण्डालाई दृढतापूर्वक अघि बढाउन केही कमजोरी भयो। अब यसलाई दृढताका साथ अघि बढाउनुर्छ भनेर भर्खरे सम्पन्न केन्द्रीय समिति बैठकबाट दलित समुदायको विशेषाधिकार सम्बन्धी विशेष प्रस्ताव नै पारित गरेको छ ।’
पार्टीले दलित समुदायको मुक्तिका लागि राज्यका सबै अङ्ग र निकाय तथा सामाजिक जीवनका सबै क्षेत्रमा विशेषाधकिारको व्यवस्था गर्नु पर्दछ भन्ने स्पष्ट नीति अघि सार्दै आएको बताए ।
उनले थपे, ‘विशेषाधिकारको यो नीति ऐतिहासिक भौतिकवादको अध्ययनका आधारमा क्षतिपूर्तिको सिद्धान्तअनुरुप रहेको छ । नेपालको ठोस सन्दर्भमा दलित, महिला र मुस्लिम समुदायलाई राज्यका सबै अङ्ग, निकाय र क्षेत्रमा जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्वमाथि ऐतिहासिक क्षतिपूर्ति स्वरुप निश्चित प्रतिशत थप गरी विशेषाधिकारको व्यवस्था गर्नु पर्दछ ।’
उत्पीडित वर्ग र समुदायको हितमा पार्टीले विशेषाधिकारको नीतिअनुरुप नै पार्टीको संगठन र संरचनामा समेत दलित नेतृत्वको विकासमा जोड दिंदै आइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीले गहिरो आत्मसमीक्षासहित विशेषाधिकार सम्बन्धी आफ्नो स्पष्ट नीतिलाई सरकार, सदन र सरकारका तिनैवटै मोर्चाबाट दृढतापूर्वक अगाडि बढाउने बताए ।
सत्ताबाट किक आउट भए पछी बल्ल प्रचण्डलाई एउटा बर्गको याद आएछ।
तिम्रो कहिल्यै वर्ग थिएन र रहने पनि छैन ।तिम्रो विशुद्व वर्ग भनेको दिल्ली हो । कुन चाहिँ गरिव, पिछडिएको वर्ग, जनजाती, दलितले तिमीले गर्दा मुक्ति पायो ? समानुपातिक भनेको पैसाले किन्ने पद बनायौ । पैसा ती जाती, वर्गका पनि हुनेखानेसँग हुन्छ । तिनैलाई बेच्छौ । भनेपछि गरिव, पिछडिएको त मरेको मर्यै । समावेशीताले पनि हुनेखानेलाई नै पोसेको छ । काठमाडौंको धनाढ्य, महङ्गो स्कुलमा पढेको, विदेशमा समेत पढेर आएको जनजातिलाई रोल्पाको विकट स्कुलमा पढेकासँग प्रतिस्पर्धा गराएर उत्थान भयो ? अझ समानुपातिकको व्यवस्था छ भने पछि ती गरिवका लागि कुनै कार्यक्रम नै छैन । अनि के वर्गथियो तिम्रो पहिला र अहिले विर्सियौं भनेको ? दिल्लीको दलाली गर्न गरेको जनयुद्व र अहिले पनि दिल्लीको बफादारको कुनै वर्ग हुन्छ ? अझ पनि जनतालाई झुक्याउँला, ठगौंला भन्ने ठानेको ? ठगहरूलाई बहिस्कार गरौं ।