निमित्त प्रशासकीय अधिकृत बनाइएका १६ पालिकाका कनिष्ठ कर्मचारीको जिम्मेवारी खोसियो – Nepal Press

निमित्त प्रशासकीय अधिकृत बनाइएका १६ पालिकाका कनिष्ठ कर्मचारीको जिम्मेवारी खोसियो

काठमाडौं । स्थानीय तहमा वरिष्ठ कर्मचारी हुदाँहुँदै पनि कनिष्ठ कर्मचारीलाई निमित्त प्रमुख प्रशाकसीय अधिकृतको जिम्मेवारी दिइएका १६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १६ स्थानीय तहका कनिष्ठ निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार खोसेर जिम्मेवारीबाट हटाएको हो ।

यस निर्णयसँगै, कानूनविपरीत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएका नेपाल स्वास्थ्य सेवा, शिक्षा सेवा तथा स्थानीय प्रशासन सेवाका कनिष्ठ अधिकृतको जिम्मेवारीसमेत खोसिएको मन्त्रालयले जनाएको छ ।

यसअघि पनि मन्त्रालयले १० नगरपालिका र १३ गाउँपालिकामा कनिष्ठ भएर पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका कर्मचारीलाई जिम्मेवारीबाट हटाएको थियो ।

अझै पनि कतिपय स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारी सम्हाल्दै आएका छन् । ती पालिकामा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर कर्मचारी पठाए पनि स्थानीय जनप्रतिनिधिले हाजिर नगराएर फिर्ता पठाउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर