कांग्रेस नेता मीन विश्वकर्माविरूद्ध अख्तियारमा हर्क साम्पाङको उजुरी – Nepal Press

कांग्रेस नेता मीन विश्वकर्माविरूद्ध अख्तियारमा हर्क साम्पाङको उजुरी

काठमाडौं । धरान उपमहानगरपालिका प्रमख हर्क साम्पाङले कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियारमा उजुरी दिएका छन्।

पूर्वमन्त्री समेत रहेका विश्वकर्माले एक टेलिभिजनसँगको अन्तर्वार्तामा धरान खानेपानी योजनाको बिषयमा बोलेको बिषयलाई लिएर छानविन गरि दोषी देखिएका कारवाही गर्न माग गरेका हुन्।

उनले उजुरी दिएको पत्र फेसबुकमा राख्दै लेखेका छन्, ‘अख्तियारलाई फेरि एउटा काम दिएँ मैले आज, हेरौँ कतिको इमानदार भएर काम गर्दो रैछ। २४ करोडको हिनामिना देखिन्छ।’

उनले अनुसन्धान गर्नको लागि दबाब दिन सबैलाई आग्रह गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर