दिनेश त्रिपाठीमाथि हातपात गर्ने ३ जनासँग एक-एक लाख धरौटी माग – Nepal Press

दिनेश त्रिपाठीमाथि हातपात गर्ने ३ जनासँग एक-एक लाख धरौटी माग

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने तीन जनासँग जिल्ला अदालत काठमाडौंले एक–एक लाख रुपैयाँ धरौटी मागेको छ । शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरूसँग जनही एक–एक लाख धरौटी माग गरेको हो ।

दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४८ वर्षका ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षका महानन्द जैसी र झापा घर भई बानेश्वर बस्ने ५५ वर्षका सीतादेवी राईविरूद्ध ज्यान मार्न नहुने कसुरमा मुद्दा दायर भएकोमा एिक–एक लाख रुपैयाँ माग गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

गत माघ २ मा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा रवी लामिछाने विरुद्ध अर्थात जाहेरवालाको तर्फबाट बहस गरेका अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदा हातपात भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर