च्याट जीपीटीसँग टक्कर लिएको डीप सीकको प्रयोगमा बन्देज लगाउने विधेयक ल्याउँदै अमेरिका


काठमाडौं । अमेरिकाको कृत्रिम प्रज्ञा (एआई) क्षेत्रमा तहल्का मच्चाएको ब्राण्ड च्याट जीपीटीसँग प्रतिस्पर्धा गरेको चिनियाँ समकक्षी डीप सीकको प्रयोगमा बन्देज लगाउन अमेरिकाले तयारी गरेको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार एक विधेयक ल्याएर त्यस्तो गर्न लागिएको हो । अमेरिकी सरकारी सेवाका कम्युटरहरुमा डीप सीक प्रयोग निषेध गर्ने विद्येयकमा प्रावधान छ ।
अमेरिकी सदनका सांसदहरुले बिहिबार प्रस्तुत गरेको विद्येयकले अमेरिकी प्रयोगकर्ताहरुको मोबाइलको सूचनाहरु चीन लैजाने भन्दै रोक्न भनिएको छ । डीप सीक अमेरिकामा च्याट जीपीटी भन्दा धेरै डाउललोड भएको एआई एप हो ।
चीनले भने अमेरिकी कदमलाई वैचारिक विभेदको उपमा दिएको हो । विश्वभर प्रभाव बढाउन सक्रिय दुई महाशक्ति अमेरिका र चीनको प्रतिस्पर्धा एआई क्षेत्रमा पनि व्यापक भएको छ । त्यसको एक अंश च्याट जीपीटी र डीक सीकलाई मानिएको छ ।
खर्बौ डलरमा बनेको च्याट जीपीटी र ६० लाख डलरमा मात्रै तयार भएको डीक सीकले धेरै बहस सार्वजनिक गरेको छ । अमेरिकी कम्पनहिरुका खबौंको सेयर डीप सीकको उदयसँगै घटेको छ ।
अहिले पश्चिमा मिडियाहरु त्यसको ‘ड्यामेज कन्ट्रोल’मा सक्रिय भएर च्याट जीपीटी भन्दा डीप सीक धेरै कमजोर भएको समाचारलाई सामाजिक संजालहरुमा प्राथामिकता दिएर बुस्ट गरिरहेका छन् ।
ए आईको अर्थ कृत्रिम-प्रज्ञा होईन, हुदै होईन, यो कृतिम बुद्दीमत्ता हो।
बुद्धी भनेको प्रज्ञा होईन। जसरी टाएर भनेको कार होईन तर कारमा टायर हुन्छ। त्यसै गरी प्रज्ञामा बुद्दीमत्ता हु्न्छ टायर जस्तै। तर प्रज्ञामा बुद्दीमत्ता चलाउने अरु धेरै कुरा पनि हुन्छन्।
प्रज्ञा भनेको युनिभर्सल अस्तित्वको गुण र जिम्मेदारी सहितको अपरेटिंग सिस्टम हो। बुद्दी एउटा फिचर हो बुझ्न सक्ने गुणको प्रतिनिधित्व गर्ने।