युक्रेनको पक्षमा लागेर उच्च नेतृत्व हत्या तयारीमा लागेका चार रुसी जासुस महिला पक्राउ – Nepal Press

युक्रेनको पक्षमा लागेर उच्च नेतृत्व हत्या तयारीमा लागेका चार रुसी जासुस महिला पक्राउ

काठमाडौं । रुसी उच्च अधिकारीहरुको हत्या गर्ने मिसनमा युक्रेनको लागि जासुसी गरेको आरोपमा रुसले चार रुसी महिला पक्राउ गरेको छ । रुसी गुप्तचर निकाय संघीय सुरक्षा सेवा (एफएसबी)ले शुक्रबार पक्राउको जानकारी दिएको हो ।

युक्रेनी भूमिमा यस अगाडि तालिम दिइएका ती चार महिलालाई गोली चलाउन, ड्रोन उडान, बारुदी धराप थाप्न र बाह्य गुप्तचरी पत्ता लगाउनेबारेमा तालिम दिइएको रुसी अधिकारीहरुले बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार ती महिलाको घरमा छापा मार्दा बिस्फोटक पदार्थहरु भेटिएका थिए । पक्राउ गरिएका महिलालाई आतंकवादको मुद्दा चलाइने भएको छ जसबाट उनीहरुलाई ३० वर्षसम्म कैद हुने देखिन्छ ।

महिलाले आफूलाई क्रिप्टोकरेन्सीको माध्यमबाट भुक्तानी गरिएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर